YSEEAM: युवा सामाजिक उद्यमशीलता सबैका लागि शिक्षा मोडूलले चौथो औद्योगिक क्रान्तिको परिकल्पना सहित स्वचालन र व्यापक प्रविधिकरणले प्रशिक्षकहरू-प्रशिक्षार्थीहरू, युवा अभियन्तहरू-युवाहरू र तिनीहरूको स्थान र यथास्थितिसँगको सम्बन्धलाई आमूल परिवर्तन गर्ने अनुमानका साथै भविष्यको परिवर्तित कौशलको मागलाई सम्बोधन गर्न सहयोग गर्नेछ।

उद्यमशीलता – विश्लेषणात्मक सोच – नेतृत्व र सामाजिक प्रभाव विश्व आर्थिक फोरम (२०१८) द्वारा भविष्यका कामहरूको लागि सबैभन्दा आवश्यक सीपहरू जारी रहने भविष्यवाणी गरिएको छ। ती चुनौतिहरूको सामना गर्दै, युवा कार्यहरूले नयाँ प्रविधिको युगमा यसको अपरिहार्य भूमिका पुष्टि गर्न प्रवृतिहरूको पूर्वानुमान गर्न र नयाँ प्राविधिक परिवर्तनहरूमा अनुकूलन गर्न आवश्यक छ।

उद्देश्य
यस परियोजनाले युवा अभियन्ताहरूलाई सामाजिक उद्यमशीलताको मुख्य ज्ञान, युवा कार्य सीपहरू, र विशेष गरी प्राविधिक ज्ञान-कसरी MOODLE मा उनीहरूका सान्दर्भिक पाठ्यक्रमहरू खोल्ने, नयाँ, नवीनतम्, युवा काम गर्ने दूरगामी तरिका। यसका साथसाथै, YSEEAM ले आफ्नो डिजिटल परिवर्तन गर्ने प्रयासमा युवा कार्य विधिहरूको नयाँ रूप विकास गर्न चाहन्छ।

मुख्य गतिविधिहरू
माथिको लक्ष्यलाई लक्षित गरी  YSEEAM ले २४ महिनाको अन्तरालमा दक्षता अभिवृद्धि‍(CB) र गतिशील गतिविधिहरूको एक श्रृंखलाको योजना बनाएको छ जसले सबै परियोजना देशहरूमा ७ वटा स-साना मोडूलका पाठ्यक्रमहरू, परियोजनाको अन्तिम पूर्ण मोडूल पाठ्यक्रम, र परियोजना ह्यान्डबुक “मोडूलिङ्ग” सहित युवा कार्य गर्न मोडूल कसरी प्रयोग गर्ने भन्ने विवरण छ।आधारभूत गतिविधिहरू निम्म समावेश भएका छन् :

  • किक-अफ बैठक
  • प्रशिक्षण पाठ्यक्रम
  • युवा परामर्श कार्यशाला गोष्ठीहरू
  • पायलट कोर्स मोडूलको कार्यान्वयन
  • प्रत्यक्ष अवलोकन
  • स्थानीय बहु गुणक सेमिनारहरू
  • अन्तिम सम्मेलन

साझेदारी
उद्यमशीलता र डिजिटल सिकाइमा अन्तर्निहित विश्वव्यापीकारणलाई ध्यानमा राख्दै, YSEEAM कन्सोर्टियमले ३ महादेशका ७ साझेदारहरूलाई विभिन्न दृष्टिकोणहरूले एकिकृत गराएकोछ। युरोपबाट ३ (इटाली- संयोजक, डेनमार्क र ग्रीस), एसियाबाट २ (भियतनाम र नेपाल), र अफ्रिकाबाट २ (घाना र दक्षिण अफ्रिका) साझेदार रहनेछन् ।

समयवधी
परियोजना (२०१९ देखि २०२१) सम्म २४ महिनाको हो तर विश्वव्यापी फैलिएक महामारी र विभिन्न कारणले २०२३ मार्चसम्म विस्तार गरिएको थियो।

प्रभाव
सहभागीहरूको लागि लाभदायक :

  • तिनीहरूको क्षमता : उद्यमशीलताको ज्ञान र सीपहरूलाई (प्रयोगशाला-शैलीको शिक्षा, डिजिटल युवा कार्य) युवा अभियान्ताहरुमा क्षमता अभिवृद्धि।
  • तिनीहरूको जागरूकता र प्रेरणा : परिवर्तनहरू ल्याउन तयार, लचकदार संवाकको रुपमा आजीवन सिकाइको लागि प्रेरित
  • NFE प्रति तिनीहरूको मनोवृत्ति : युवा उद्दमका  अभियनहरु स्थानिय सीमाहरू पार गर्दै, अनुकूलनीय र रूपान्तरणशील युवाहरूको पहललाई समर्थन र सहयोग।

सहभागी संगठनहरूका लागि, उनीहरूले नयाँ “YSEEAM” दृष्टिकोणबाट लाभ उठाउन सक्छन् जुन त्यसपछि उनीहरूको सम्बन्धित दैनिक प्रशिक्षण अभ्यासमा एकीकृत गर्न सकिन्छ । दक्षता र डिजिटल शक्तिको संयोजनमा उनीहरूको क्षमतामा सुधार हुन्छ।

अन्तमा, विशाल अनलाइन लर्निङको सम्भाव्यताले सबै पिछडिएका युवाहरू र इच्छुक सरोकारवालाहरूलाई ठूलो पहुँच प्रदान गर्नेछ। परियोजना कार्ड