न्यू होराइजन्स (IT) – संयोजक

New Horizons (NHO) २०१६ मा स्थापना भएको गैर-नाफा मूलक संस्था हो । यसले स्थानीय क्षेत्रमा सामाजिक विकास र सांस्कृतिक संरक्षणको प्रवर्द्धन गर्दै गतिशील विश्वमाको, सूचना सेवा, स्थानीय जनसंख्यालाई शिक्षा र प्रशिक्षण र अन्तर्राष्ट्रिय सहयोगको माध्यमले कार्य गर्न समर्पित छ।

यो युवा, VET, खेलकुद र वयस्कहरू जस्ता विभिन्न क्षेत्रहरूमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न युवाहरूद्वारा स्थापित र सञ्चालित छ।New Horizons ले परियोजना व्यवस्थापन, परियोजना डिजाइनमा दक्षता छ र CESV-Messina सँगको संयुक्त पहल INFO EUROPA पोर्टल मार्फत स्थानीय निकायहरूलाई सम्बन्धित तालिम र परामर्श सेवा प्रदान गर्दछ।

सम्पर्क: newhorizons.contactus@gmail.com, info@newhorizonsaps.org


युनाइटेड सोसाइटी अफ बाल्कन (ग्रीस)

युनाइटेड सोसाइटी अफ बाल्कन (USB) एक गैर-सरकारी संस्था (एनजीओ) हो। सन २००८ मा थेसालोनिकीमा, सक्रिय युवा टोलीद्वारा नागरिक समाज को रुपमा स्थापित भइ सामाजिक रूपमा संवेदनशील र स्वैच्छिक कार्यक्रमहरूको बारेमा समृद्ध अनुभवको साथ सिर्जना गरिएको हो।

यसको दृष्टि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा युवा सशक्तिकरण, अन्तरसांस्कृतिक संवाद, युवाहरूको परिचालन र गतिशीलता मार्फत लोकतन्त्र र मानव अधिकारका सिद्धान्त र मूल्यहरूको प्रवर्द्धन, उनीहरूलाई स्वयम्सेवा कार्यमा आत्मसात गर्ने र सामाजिक मुद्दाहरु चेतना अभिवृद्धि गर्ने। डाउनलोड


डेनिस युवा टीम (डेनमार्क)

डेनिस युवा टीम अन्तर्राष्ट्रिय पृष्ठभूमि भएको गैर-नाफा मूलक संस्था हो। यसले डेनमार्कका युवा र विद्यार्थीहरूलाई लक्षित गरी ज्ञान र पारस्परिक सीप आदनप्रदान गर्न उनीहरूको क्षमता अभिवृद्धि र विस्तार गर्न विभिन्न अन्तर्राष्ट्रिय परियोजनाहरूमा संलग्न गराउनु हो।यस संगठनको उद्देश्यहरू निम्न रहेकोछ:

• अनौपचारिक शिक्षाको माध्यमबाट युवाहरूलाई अन्तरसांस्कृतिक शिक्षा र संवाद प्रक्रियामा संलग्न गराउने,
• युवाहरूलाई थप सहिष्णुता, खुला विचार र समानुभूतिशील बनाएर मानवअधिकार शिक्षा प्रवर्द्धन गर्ने, 
• युवा सहभागिता, सक्रिय नागरिकता र स्थानीय रूपमा लोकतान्त्रिक प्रक्रियाहरूमा संलग्नता बढाउने,
• Erasmus+ Info Days मार्फत युवाहरूका लागि उपलब्ध विभिन्न शैक्षिक अवसरहरूमा चेतना जगाउने, 
• युवा मानिसहरूको क्षमता, व्यक्तिगत र व्यावसायिक विकासमा सुधार गर्न तिनीहरूको रोजगारीको दृष्टिकोणलाई फराकिलो बनाउने।


दक्षिण अफ्रिका स्वयंसेवक कार्य शिविर संघ (SAVWA)

दृष्टि : समुदायमा आधारित, स्वैच्छिक सदस्यता संचालित, मानव केन्द्रित, आत्मनिर्भर र विकास उन्मुख संस्था हो। यो युवा केन्द्रित र लैङ्गिक संवेदनशील क्षेत्रमा कार्य गर्दछ।

मिशन : दक्षिण अफ्रिका स्वयंसेवक कार्य शिविर संघ (SAVWA) ले दक्षिण अफ्रिकाको विकासमा योगदान पुर्याउँदछ।

स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वयंसेवकहरू मार्फत शहरी र ग्रामीण दुवै समुदायहरूले सशक्तिकरण कार्य शिविर कार्यक्रमहरू र दिगो विकासको प्रवर्द्धन मार्फत युवा र सीमान्तकृत वर्ग वा समूहहरूको सांस्कृतिक, आर्थिक, सामाजिक-राजनीतिक कल्याणको लागि मिलेर काम गर्ने।

दक्षिण अफ्रिका स्वयंसेवक कार्य शिविर संघले अन्य स्वयंसेवक संचालित संस्था, क्षेत्रीय कार्य शिविर संघ, र संगठनहरूसँग सहकार्य गरी कार्य गर्नेछ।


SEDARVP (घाना)

SEDARVP- घाना मानव अधिकार, वातावरण संरक्षण, कृषि र खाद्य सुरक्षा, युवा र संस्कृति, स्वास्थ्य, जनसंख्या र लागुऔषध दुरुपयोग, सामान्य मानवीय सहायता, साना स्केलका क्षेत्रमा युवा रचनात्मकतालाई चुनौती दिन सहयोगी प्लेटफर्महरू सिर्जना गर्न एक युवा केन्द्रित संस्था हो। उद्यम विकास, वकालत/अनुसन्धान/नीति, शिक्षा/व्यावसायिक सीप, स्वयंसेवा र सामुदायिक विकास।एक संस्थाको रूपमा, हामी घाना र बाहिरका कमजोर र सीमान्तकृत युवाहरूको समग्र विकासको लागि आवश्यक महत्वपूर्ण जानकारी र स्रोतहरू उपलब्ध गराउन प्रतिबद्ध छौं।


युवा व्यावसायिक विकास समाज नेपाल (YPDSN)

युवा व्यावसायिक विकास समाज नेपाल (YPDSN) सन् २०१३ देखि स्थापित भएको युवा नेतृत्वमा सञ्चालित गैर-सरकारी संस्था (NGO) हो। यो समाज कल्याण परिषद्, राष्ट्रिय युवा परिषद् र अन्तर्राष्ट्रिय युवा महासंघ (IYF), UK सँग आबद्ध छ।

यस संस्थाको प्रमुख कार्य क्षेत्रहरूमा युवा व्यावसायिक विकास, युवा तथा महिला सशक्तिकरण, शिक्षा र जीविकोपार्जन प्रवर्द्धन, स्वास्थ्य र अनुसन्धान समावेश छन्। YPDSN ले सामुदायिक पहल, सहभागिता र संवेदनशीलता मार्फत रणनीतिहरू अपनाएर गरिब र सीमान्तकृतहरूको जीवन अवस्था सुधार्ने आकांक्षा राख्छ।

YPDSN एक विविध र गतिशील समूह समावेश गर्दछ, विभिन्न पृष्ठभूमिका सक्षम युवाहरूको। YPDSN का प्रत्येक सदस्यमा विशिष्ट गुणहरू छन् जसले YPDSN लाई स्वास्थ्यदेखि व्यवस्थापन, नर्सिङदेखि प्रशासन, सामाजिक विज्ञान र सूचना प्रविधिसम्म दिगो र सञ्चालन गर्न मद्दत गरेको छ, टोलीमा विविध समूहहरू समावेश छन् र टोलीका प्रमुख सदस्यहरू सीपहरूसँग सुसज्जित छन्।अनुदान प्रस्तावहरू र अनुप्रयोगहरू लेखन, कार्यक्रमहरूको योजना, कार्यान्वयन र अनुगमन, रिपोर्ट लेखन, अनुसन्धान र M&E, समन्वय र व्यवस्थापन र नयाँ विचार र प्रविधिहरूको प्रयोग।


OpenM

OpenM प्रशिक्षण परामर्शदाता निगम – भियतनामी सामाजिक उद्यम EYES परियोजनाको परिणाम स्वरूपमा सन २०१६ मा स्थापित भएको हो। युरोपेयन आयोगको आर्थिक सहयोग २०१५ मा सञ्चालित कार्य क्षमता अभिवृद्धि परियोजनाद्धारा स्थापना भएको थियो। यसको मुख्य उत्पादनहरू SME र व्यक्तिहरूका लागि प्रशिक्षण, कोचिङ र परामर्श सेवाहरू प्रदान गर्नु हो। उनीहरूको कार्य क्षमता मा सुधार गर्नुका साथै उनीहरूको जीवनमा गुणस्तर सुधार गर्नु हो। सामाजिक उद्यमको नियम, कम्तिमा ५१ % वार्षिक राजस्व सामुदायिक गतिविधिहरूमा पुन:लगानी गरिनेछ। हामीले मुख्यतय ३ वटा क्षेत्रहरू छनोट गरेकाछौ। जीविकोपार्जन, वातावरण र कमजोर समूहहरूका लागि व्यावसायिक प्रशिक्षण, विशेष गरी महिला र बालबालिकामा केन्द्रित हुन्छौ।

सन २०१६ देखि २०२१ सम्म ५ वर्षको अवधिमा, OpenM ले कार्यन्वयन गरेक सामाजिक परियोजनाहरूको समावेश :

बालअधिकार : यो हाम्रो सबैभन्दा ठूलो वकालत परियोजना हो। लैङ्गिक शिक्षा, प्रजनन स्वास्थ्य र यौन बाल दुर्व्यवहार रोकथामको लागि सबै बालबालिका र बालसदन, प्राथमिक विद्यालयहरूमा सचेतना र जागरूकता सम्बन्धी (आमाबाबु, शिक्षकहरू, बच्चाहरू) यौन बच्चामा दुर्व्यवहार र भियतनामसँगै १५ विभिन्न शहर र प्रान्तहरूमा १६ वर्ष मुनिका ३५००० भन्दा बढी बालबालिका, अभिभावक र शिक्षकहरूलाई तालिम दिइसकेको छ।

विपन्नका लागि व्यावसायिक तालिम: गरिबीको रेखामूनि रहेका युवाहरूका लागि नि:शुल्क अंग्रेजी र जीवन उपयोगी सीप उपलब्ध गराउन, IECD सँग साझेदारी।

(फ्रान्सेली INGO भियतनाम सहित १४ देशहरूमा कार्य गर्दैछ)। १६ महिनाको तालिम पछि युवाहरु बेकर शेफको रूपमा श्रम बजारमा सामेल हुन सक्षम छन्। ती मध्ये २०% ले 4, 5 तारे होटेलहरू (इन्टरकन्टिनेन्टल, पार्क हयात…), र अन्य ठूला शहरहरूमा फ्रेन्च बेकरीहरूमा काम गर्ने छनौट गर्न सक्छन्।उद्यमशीलता र महिला र केटीहरू प्रति लैङ्गिक समानता : गुगलको अभियनमा भियतनामको कार्यक्रम अन्तर्गत, हामीसँग उद्यमशीलता, नेतृत्व र लैङ्गिक समानता सम्बन्धी तालिम लगभग २००० लाई प्रदान गर्ने मौका अवसर।भियतनामका १० प्रान्तका मानिसहरू जसमध्ये ६०% महिला छन्।